Thaha

Sunday 22 September - 12:19 pm NST

संशोधन प्रस्ताव पास भएलगत्तै नाकामा  देखिएको समस्या समाधान हुने देउवा


काठमाडौं, ६ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले संसदतमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पास भएलगत्तै नाकामा देखिएको समस्या समाधान हुने बताउनु भएको छ । नेपाल प्रेस युनियन दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाटमा उहाँले मधेशी दलहरुकै कारण नाकामा अवरोध भएको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले पाटी भित्रको गुटबन्दी अन्त्य गर्नका लागि पनि आसन्न महाधिवेशनमा आफु सभापति बन्ने दाबी गर्नुभयो । सभापतिका लागि नेता कार्यकर्ताले समर्थन गर्ने सुनिश्चित भएको भन्दै देउवाले नेता कार्यकर्ताको भावनात्मक एकता कायम गर्ने दायित्व पनि आफ्नो काँधमा आएको बताउनुभयो ।